Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला

नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला


  • 1.4K
    Shares

    नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
    images

    काठमाडौं । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारिी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।

    यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ । 

     

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - ११:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij