Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनचाँदी बजारमा गिरावट, कति पुग्यो तोलाको ?

सुनचाँदी बजारमा गिरावट, कति पुग्यो तोलाको ?


  • 911
    Shares

    सुनचाँदी बजारमा गिरावट, कति पुग्यो तोलाको ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ५०५ मा कारोबार भएको थियो ।

    गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४८० निर्धारण भएको थियो । गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - ११:०७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij