२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३५ ओभर ३ बलमा नेपालका गुलशन झा आउट भए ।
रोलेफ भान डेर मोवरेको बलमा उनी कट एण्ड बोल्ड भए । आउट हुनुअघि उनले ४२ बलमा २९ रन जोडे । त्यसअघि २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनले ४२ बलमा २१ रन जोडे ।
खेलको ११ ओभर ६ बलमा डा। इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे । ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १२ बलमा तीन रन जोडे । ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।
त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।
हाल क्रिजमा सोमपाल कामी र आरिफ शेख छन् ।
नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij