Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा


  • 1.2K
    Shares

    गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।

    बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ कार्यक्रममा सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन्।

    सभापति थापाका अनुसार केन्द्रीय समिति बैठक नेताहरूसँगको छलफलपछि शुक्रबारसम्म बोलाउने तयारी गरिएको छ। बैठकले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गर्ने बताइएको छ।

    गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पुराना र अनुभवी नेतामध्ये एक हुन्। उनले पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। 

    images
    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १७:२९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij