Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ब्याज आम्दानी घट्दा निफ्राको नाफा ९१ करोडमा सीमित

ब्याज आम्दानी घट्दा निफ्राको नाफा ९१ करोडमा सीमित


  • 2.3K
    Shares

    ब्याज आम्दानी घट्दा निफ्राको नाफा ९१ करोडमा सीमित
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशत कम हो।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा निफ्राले १ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेपछि बैंकको समग्र नाफामा असर परेको देखिएको छ।

    समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो। त्यस्तै, ब्याज आम्दानी पनि १ अर्ब ९० करोड ८ लाख रुपैयाँबाट घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा पुगेको छ।

    यद्यपि, बैंकले कर्जा लगानी भने उल्लेख्य रूपमा बढाएको छ। गत आर्थिक वर्षमा निफ्राले ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। निक्षेप संकलन पनि ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

    हाल बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, प्रतिशेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १४:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij