Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद

आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद


  • 897
    Shares

    आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन् । 

    बीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरेका छन् । 

    संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरेका छन् । मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकतावद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भुमिका र अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।

    पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ ।  

    उनले भने, ‘ निर्वाचन आयोगको निर्णय र अदालतले विषेश महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने कांग्रेस र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सक्दैनौँ तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेस सामना गर्न सक्दैन । मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन । 

    images
    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १६:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij