Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला

मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला


  • 4.6K
    Shares

    मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला
    images

    काठमाडौं । विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तिकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । 

    आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया शुरु हुने जानकारी दिएको हो । सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘मिसेस कस्मो’ विधालाई पनि समेटेको छ । 

    मिसेस कस्मो म्यानमारको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा यसै संस्करणबाट थप गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाकाअनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ । 

    प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गतेका लागि तय गरिएको छ । प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेका लागि उचाई र तौलको कुनै सीमा तोकिएको छैन । यस प्रतियोगितामा विवाहितका साथै सम्बन्ध विच्छेद भएका वा एकल महिलाहरूले समेत प्रतिस्पर्धा गर्न पाउनेछन्। इच्छुक प्रतिष्पर्धीहरूले ‘खल्ती’ एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

     

    images
    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १६:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij