२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको वीपी स्मृति दिवस कार्यक्रम संयुक्त रूपमा उद्घाटन गरिएको छ।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कांग्रेसका तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रमको उद्घाटन पूर्वमहामन्त्री तथा संयोजक प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालाले संयुक्त रूपमा गरेका थिए। उद्घाटनपछि उनीहरूले बिरुवामा पानीसमेत हालेका थिए।
वीपी स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमका लागि संस्थापन इतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरेको थियो।
समूहले ‘संवाद, सहमति र एकता-आजको आवश्यकता’ भन्ने विषयमा स्मृति सभा आयोजना गरेको हो। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij