Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्यमा ठूलो वृद्धि, चाँदी पनि उकालो लाग्यो

सुनको मूल्यमा ठूलो वृद्धि, चाँदी पनि उकालो लाग्यो


  • 869
    Shares

    सुनको मूल्यमा ठूलो वृद्धि, चाँदी पनि उकालो लाग्यो
    images

    काठमाडौं । स्थानीय बजारमा साताको चौथो कारोबारको दिन बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४८० निर्धारण भएको छ ।

    हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३७० निर्धारण भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - ११:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij