२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर बुधबार मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ।
कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए । कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने सभापति थापाले बताए ।
कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए ।
कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij