Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बीपी स्मृति दिवसमा कांग्रेसबाट ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना

बीपी स्मृति दिवसमा कांग्रेसबाट ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना


  • 2.5K
    Shares

    बीपी स्मृति दिवसमा कांग्रेसबाट ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना
    images

    काठमाडौँ । नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना गरेको छ ।

    जलवायु जनचेतना जगाउन जुटौँ भन्ने नाराका साथ युएन पार्कबाट सुरु भएको दौडको सभापति गगनकुमार थापाले आज बिहान उद्घाटन गरेका छन् ।

    ग्रिन रन जावलाखेल पुगेर सम्पन्न हुनेछ । दौड लगत्तै कांग्रेसले जावलाखेल चोक, फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल गर्दैछ ।

    सोही स्थलमा सुपरिचित चित्रकारहरुले जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु पेन्टिङ गर्नेछन् ।

    images
    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - ०८:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij