Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव डा. घिमिरे, बल्ल भए निलम्बित

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव डा. घिमिरे, बल्ल भए निलम्बित


  • 2.1K
    Shares

    अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव डा. घिमिरे, बल्ल भए निलम्बित
    images

    अष्ट्रेलियामा सेकुवा बेच्दै आएका तर ललितपुरस्थित पशु सेवा विभागमा हाजिरी गरेर तलब भत्ता खाँदै आएका एक उपसचिव सरकारी सेवाबाट हटाइएका छन् । विभागका वरिष्ठ पशु चिकित्सक डा नवीन उपाध्याय घिमिरे अष्ट्रेलियामा बसेर सेकुवा कर्नर सञ्चालन गर्दे आएका थिए ।

    अघिल्लो बर्षको चैतदेखि करिब ८ महिना अष्ट्रेलियामा बसेका उपसचिव घिमिरे नेपालमै उपस्थित भएको झैँ हाजिरी लगारहेका थिए । साउन ११ देखि भदौ १ गतेसम्म घर तथा बिरामी बिदा स्वीकृत । भदौ २ देखि मंसिर २२ सम्म कुनै बिदा स्वीकृत समेत थिएन । यस अवधिमा उनी लगातार ११० दिन गैरहाजिरीमा छन् ।

    निजामती सेवा ऐन अनुसार ९० दिनभन्दा बढी गैरहाजिरी भए कारवाही र निलम्बनको प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख छ । उपसचिवलाई जागिरबाट जोगाउन असार २९ देखि ९ साउन ०८२ सम्म हाजिरी लगाइएको हाजिरी नै सार्वजनिक गरिएको थियो ।

    उनै घिमिरेलाई बल्ल सरकारी सेवाबाट बर्खास्त गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्लालयले पशु घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुङ्ग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
    मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो।

    आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गर्ने निर्णय गरिएको हो।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - ०६:४९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij