Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बागमती सरकारबाट राजीनामा दिने तयारीमा एमाले

बागमती सरकारबाट राजीनामा दिने तयारीमा एमाले


  • 855
    Shares

    बागमती सरकारबाट राजीनामा दिने तयारीमा एमाले
    images

    काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मङ्गलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। एमालेले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । 

    उनका अनुसार आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउनेछन् । साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उनले बताएका छन् ।

     एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज नै राजीनामा गर्ने तयारी भएको छ । सोही अनुसार मुख्यमन्त्री बानियाँसँग समन्वय भएको उनले बताए । प्रदेश सुशासन केन्द्र जावलाखेलमा भेटेर राजीनामा बुझाउने गरी समन्वय भएको उनले बताएका छन् ।

    नयाँ सरकार गठन बारे केन्द्रबाट निर्देशन भए अनुसार अघि बढ्ने तयारी रहेको उनको भनाई छ । पार्टी केन्द्रले आगामी सरकारको गठबन्धनको विष टुङ्ग्याइसकेको र त्यसको जानकारी आउन बाँकी रहेको उनले बताए ।

    यता मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरूको राजीनामा आउने जानकारी पाएर सुशासन केन्द्र जावलाखेल जाँदै गरेको बताए । सरकारबाट अलग हुने गरी मन्त्रीहरूको राजीनामा दिने जानकारी पाएकाले केही बेरमा सुशासन केन्द्रमा भेट हुने उनको भनाई छ ।

    मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ सहभागी छन् ।

    वर्तमान सरकारमा मन्त्री डा. देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, मन्त्री पौडेलले कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, मन्त्री श्रेष्ठले उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् भने मन्त्री थापा, मन्त्री मगर र मन्त्री केसी विना विभागीय रहेका छन् ।

    सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो । तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताएका छन् । 

    images
    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १६:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij