Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

सुकुना माविका विद्यार्थी दुर्व्यवहार प्रकरणमा थप एक जना पक्राउ

सुकुना माविका विद्यार्थी दुर्व्यवहार प्रकरणमा थप एक जना पक्राउ


  • 1.0K
    Shares

    सुकुना माविका विद्यार्थी दुर्व्यवहार प्रकरणमा थप एक जना पक्राउ
    images

    काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोही विद्यालयका शिक्षकहरूले दुर्व्यवहार गरेको घटना सम्बन्धमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    अनुसन्धानका क्रममा झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षीय नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियन्त्रणमा लिइएका नेपालमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

    यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका थिए ।  उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका थिए ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १६:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij