Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको निर्देशन : जिल्ला र निर्वाचन क्षेत्र जाँदा सांसदले पार्टीसँग समन्वय गर्नुपर्ने

रास्वपाको निर्देशन : जिल्ला र निर्वाचन क्षेत्र जाँदा सांसदले पार्टीसँग समन्वय गर्नुपर्ने


  • 834
    Shares

    रास्वपाको निर्देशन : जिल्ला र निर्वाचन क्षेत्र जाँदा सांसदले पार्टीसँग समन्वय गर्नुपर्ने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा सांसदहरूलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा अनिवार्य रूपमा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक पाँच बुँदे निर्देशिका जारी गर्दै यस प्रकारको आन्तरिक सर्कुलर जारी गरेका हुन्। 

    विज्ञप्तिमा भनिएको छ, पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य छ।

    निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणहरू केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित हुन नहुने रास्वपाको स्पष्ट मान्यता छ।महामन्त्री आचार्यले यी भ्रमणहरूलाई पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान बनाउने र जन-अभिमतलाई संसद्‌को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। 

    सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एक(अर्काका पूरक भएको उल्लेख गर्दै व्यवस्थित समन्वयले मात्र दलको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप कसिलो बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

    751437405_1712021463387876_4931832998782435707_n_glNeSIrAPt.png

    images
    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १५:३१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij