२०८३ कार्तिक १ गते शनिवार
काठमाडौं । भक्तपुरको घ्याम्पेडाँडामा जन्मदिन मनाउन आयोजना गरिएको पार्टीमा भएको विवाद कुटाकुटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका राज कार्की रहेका छन्।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार आइतबार राति जन्मदिन मनाउन उनीसहित ३०-४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको डीएसपी कार्कीले जानकारी दिएका छन्।
विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए। उनको मंगलबार मृत्यु भएको हो। घटनास्थलमा रहेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राजको शव दुवाकोट अस्पतालमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij