२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । उनले बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी हुन् ।
जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् । गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । गौमायाले बहुचर्चित ब्रिटिश(अमेरिकी टेलिभिजन मिनिसिरिज ‘ब्ल्याक नार्सिसस’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
‘कबड्डी ४’बाट दर्शकमा चिनिएकी उनले ‘१९१५ स् लेजेन्ड अफ द गोर्खाज’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘पूजा सर’, ‘सेप अफ मोमो’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij