२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तथा प्रति १० ग्राम २ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ र प्रति १० ग्राम ३ हजार ७ सय ४७ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij