Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे कांग्रेस सक्रिय सदस्यता नवीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे कांग्रेस सक्रिय सदस्यता नवीकरण


  • 806
    Shares

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे कांग्रेस सक्रिय सदस्यता नवीकरण
    images

    काठमाडौं । सुदूरपश्चिमदूर प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता नवीकरण गरेका छन्। उनले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सदस्यता अध्यावधिक गराएका हुन्।

    कांग्रेस स्रोतका अनुसार शाहले तोकिएको समयभित्रै सदस्यता प्रक्रिया पूरा गरेका हुन्। उनको सक्रिय सदस्यता नम्बर ७६३७४९१ रहेको बताइएको छ। कांग्रेसले सदस्यता अध्यावधिक गर्ने समयसीमा पटक–पटक थप गरेपछि शाहले पछिल्लो समयभित्रै प्रक्रिया पूरा गरेका हुन्।

    मुख्यमन्त्री शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउने नेतामध्ये एक थिए। तर अदालतको निर्णयपछि उनले गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार गरेको बताएका थिए।

    यसअघि गगन थापाको उपस्थितिमा आयोजित कार्यक्रममा शाहले कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र स्थानबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए। उनले पार्टीभित्र सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

    कांग्रेसभित्र विभाजनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री शाहले सक्रिय सदस्यता अध्यावधिक गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    images
    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १०:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij