Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर सार्वजनिक

चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर सार्वजनिक


  • 1.1K
    Shares

    चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर सार्वजनिक
    images

    काठमाडौं । चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर सार्वजनिक भएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ ।

    बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशव्यापी प्रदर्शनमा आउने छ ।

    समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

    श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । 

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १८:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij