Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार


  • 1.2K
    Shares

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार
    images

    काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको विनाचिरफार सफल उपचार गरेको छ ।
     
    खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’मार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा भएर काठमाडौं मेडिकल कलेज पुग्नुभएको थियो ।

    खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ । बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा भएको अवरोध थियो । 

    डा। बस्यालले पहिलो चरणमा खुला शल्यक्रिया ९ओपन सर्जरी०मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरि उपचार गरिएको जानकारी दिए । उनले दुवै जना बिरामीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको समेत जानकारी दिए ।

    सफल उपचारपछि हीरामायाका नाति विशाल राम्जालीले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिएकोमा अस्पताल परिवारलाई धन्यावाद ज्ञापन गरे । उनले धेरै जसो अस्पतालमा उपचारका लागि जाँदा खुट्टा नै काट्नुपर्छ भनेको कारण आफूसहित परिवारमा समेत डर पैदा भएको भएपनि त्यस्तो अवस्था नआएकोमा खुसि व्यक्त समेत गरे ।

    केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ । उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो । यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अंग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ । 

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १७:५७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij