Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बालबालिकालाई सदस्य बनाएको आरोपमा रास्वपाको स्पष्टीकरण, ‘भूलवश प्रतिवेदनमा परेको’

बालबालिकालाई सदस्य बनाएको आरोपमा रास्वपाको स्पष्टीकरण, ‘भूलवश प्रतिवेदनमा परेको’


  • 890
    Shares

    बालबालिकालाई सदस्य बनाएको आरोपमा रास्वपाको स्पष्टीकरण, ‘भूलवश प्रतिवेदनमा परेको’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई स्पष्टीकरण दिएको छ।

    आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै सार्वजनिक भएको विवरणबारे सत्यतथ्य जानकारी मागेको थियो। आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलका अनुसार रास्वपाले सो पत्रको जवाफ पठाइसकेको छ।

    रास्वपाले आयोगलाई दिएको जवाफमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भनिएको विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदनको विवरण मात्र भएको जनाएको छ। सो विवरण भूलवश प्रतिवेदनमा समावेश भएको र ती व्यक्तिहरू पार्टीका आधिकारिक सदस्य नभएको दाबी गरिएको छ।

    रास्वपाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति वा अभ्यास आफ्नो पार्टीमा नरहेको पनि स्पष्ट पारेको छ। आयोगले प्राप्त स्पष्टीकरणमाथि थप अध्ययनपछि आवश्यक निर्णय गर्ने जनाएको छ। 

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १५:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij