Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

माधव नेपालसँग छलफलपछि ओलीलाई भेट्दै प्रचण्ड

माधव नेपालसँग छलफलपछि ओलीलाई भेट्दै प्रचण्ड


  • 869
    Shares

    माधव नेपालसँग छलफलपछि ओलीलाई भेट्दै प्रचण्ड
    images

    काठमाडौं । सरकारको बदलिँदो राजनीतिक समीकरणबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट र संवादलाई तीव्र बनाएका छन्। श्रीलंकाको भ्रमण सकेर स्वदेश फर्किएलगत्तै उनले प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका हुन्।

    आइतबार नेपाल फर्किएका प्रचण्डले साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए। सोमबार बिहान भने उनले सहसंयोजक माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेट गरेका छन्। भेटमा नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकारको समीकरणबारे छलफल भएको नेकपा स्रोतले जनाएको छ।

    नेकपा नेताहरूका अनुसार कांग्रेस–एमालेबीच प्रदेश सरकार सञ्चालनमा देखिएको असमझदारी र नेकपालाई सरकारमा सहभागी गराउने प्रस्तावबारे पनि दुई नेताबीच कुराकानी भएको थियो। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले अपनाउने रणनीतिबारे समेत छलफल भएको बताइएको छ।

    यसैबीच प्रचण्डले एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गरेका छन्। त्यसपछि नेपाली कांग्रेसका सभापतिसँग पनि संवाद गर्ने तयारी रहेको स्रोतको दाबी छ।

    प्रदेश सरकारहरूमा कांग्रेस–एमाले गठबन्धन कमजोर बन्दै गएपछि दुवै दलले नेकपाको समर्थन खोजिरहेका छन्। तर, नेकपाले भने तत्काल सत्ता समीकरणमा हतारो नगरी राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै अघि बढ्ने रणनीति अपनाएको बताइएको छ।

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १४:३६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij