Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा


  • 1.1K
    Shares

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्युरिङको थालनी गरेको छ ।  बैंकले आफ्नो डिजिटल बैंकिङ्गको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो । 

    अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट नेपालपे कार्डका साथै डिसकभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ । कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ ।

    एनसीएचएलले हालै नेपाल पे कार्ड को व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।


    साथै, रुपैयाँ कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् ।  नेपालका अग्रणी विकास बैंकहरु मध्येको कामना सेवा विकास बैंकले देशभरका करिव ८ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका १२२ शाखाहरु, १ एक्स्टेन्सन काउन्टर र ६६ एटिएमहरु रहेका छन् । 

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १२:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij