२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको दोस्रो लगातार विश्वकप जित्ने सपना अधुरै रह्यो। कतार २०२२ को उपाधिपछि इतिहास रच्ने लक्ष्य बोकेको अर्जेन्टिना यसपटक उपविजेतामै सीमित भयो।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलको अन्तिम सिट्टी बज्नेबित्तिकै मेसी मैदानमै निराश भएर लडेका थिए।
आँखाभरि आँसु लिएर पराजयको पीडा सहिरहेका उनलाई स्पेनका युवा स्टार लामिन यामलले नजिक पुगेर अँगालो हाल्दै सान्त्वना दिएका थिए।
दुवै खेलाडीबीचको त्यो भावुक क्षण सामाजिक सञ्जालमा भाइरल बनेको छ। खेलपछि देखिएको यो दृश्यलाई फुटबल समर्थकहरूले आपसी सम्मान र खेलभावनाको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन्।
१९ वर्षअघिको एउटा तस्बिर फेरि चर्चामा
यो विश्वकप फाइनल मेसी र यामल पहिलो पटक प्रतिद्वन्द्वीका रूपमा एउटै मैदानमा उत्रिएको खेल थियो। तर उनीहरूको सम्बन्धको एउटा रोचक संयोग भने करिब दुई दशकअघिदेखि जोडिएको छ।
सन् २००७ मा युनिसेफको एक फोटोसुटका क्रममा २० वर्षीय मेसीले एउटा नवजात शिशुसँग तस्बिर खिचाएका थिए। पछि त्यही शिशु विश्व फुटबलका उदाउँदा स्टार लामिन यामल बने।
त्यसबेला सामान्य देखिएको त्यो तस्बिर अहिले फुटबल इतिहासकै सबैभन्दा रोचक संयोगमध्ये एक मानिएको छ, जहाँ विश्व फुटबलको विगत, वर्तमान र भविष्य एउटै कथामा जोडिएको देखिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij