Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अवार्डमा स्पेनकै वर्चस्व: रोड्रीलाई गोल्डेन बल, सिमोनलाई गोल्डेन ग्लोभ

अवार्डमा स्पेनकै वर्चस्व: रोड्रीलाई गोल्डेन बल, सिमोनलाई गोल्डेन ग्लोभ


  • 876
    Shares

    अवार्डमा स्पेनकै वर्चस्व: रोड्रीलाई गोल्डेन बल, सिमोनलाई गोल्डेन ग्लोभ
    images

    साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

    न्युयोर्कको न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको फाइनलमा स्पेनले आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वविजेताको सुनौलो इतिहास रचेको हो। सन् २०१० को १६ वर्षपछि स्पेन फेरि विश्व फुटबलको शिखरमा पुग्न सफल भएको छ।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले निको विलियम्सको पासमा उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाए, जुन जितका लागि पर्याप्त बन्यो। 
    खेलभरि ६८ प्रतिशत बलमाथि नियन्त्रण राखेको स्पेनले २० पटक प्रहार गर्दा अर्जेन्टिनाले भने एउटै पनि 'अन टार्गेट' प्रहार गर्न सकेन। अर्जेन्टिनाका लागि ९३औँ मिनेटमा एन्जो फर्नान्डेज र १२० मिनेटपछि लियोान्ड्रो पारेडेसले रातो कार्ड खाएपछि खेल झन् तनावपूर्ण बनेको थियो।

    अवार्डमा स्पेनकै वर्चस्व

    विश्वकपको समापनसँगै व्यक्तिगत विधाका पुरस्कारहरूमा पनि स्पेनकै खेलाडीहरूको दबदबा रह्यो । स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै 'गोल्डेन बल' जिते। 

     बेलोन डी'ओर, च्याम्पियन्स लिग र युरो कप जितेका रोड्रीले अब आफ्नो ट्रफी दराजमा विश्वकप र यसको उत्कृष्ट खेलाडीको अवार्ड पनि थपेका छन्।

    यसैगरी स्पेनका उनाई सिमोनले 'गोल्डेन ग्लोभ' हात पारे। पूरै प्रतियोगिताभरि ७ वटा 'क्लिन सिट' राख्दै उनले मात्र एक गोल खाएका थिए । यसैगरी १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले 'योङ प्लेयर अफ द टुर्नामेन्ट'को अवार्ड जिते।

    स्पेनका निर्णायक गोलकर्ता फेरान टोरेसले यो जित ४ करोड ७० लाख स्पेनिस जनताको भएको बताए । उनले भने, 'आज हाम्रो जित नियतिमै लेखिएको थियो। ममाथि धेरै आलोचना भए पनि भगवानले मलाई शक्ति दिनुभयो र हामीले इतिहास बदल्यौँ।' 

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ०७:१८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij