२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार जारी विज्ञप्तिमा विभागले सांसद शाहीले तथ्यपरक जानकारीबिना सामाजिक सञ्जाल प्रयोगकर्ता तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ।
विभागले जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत रहेको उल्लेख गर्दै शाहीलाई आत्मसमीक्षा गरी सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा उचित सम्बोधन र सार्वजनिक क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी दिइएको छ।
साथै, विभागले आफ्ना समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन अनुरोध गरेको छ। विज्ञप्तिमा विभागका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij