२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं ।
फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटिभी प्लस (NTV Plus HD) बाट निःशुल्क प्रसारण हुने भएको छ। सोमबार नेपाली समयअनुसार राति १२ः४५ बजे हुने फाइनल खेल दर्शकले कुनै अतिरिक्त शुल्कबिना हेर्न सक्नेछन्।
यस संस्करणको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। विश्वभरका फुटबल समर्थकको ध्यान तानेको यस खेलको प्रत्यक्ष प्रसारण नेपालमा पनि खुला पहुँच (Free-to-Air) मार्फत उपलब्ध गराइने भएको हो।
यसअघि विश्वकपका अधिकांश खेल हेर्न विभिन्न सेवा प्रदायकमार्फत सशुल्क प्याकेज लिनुपर्ने व्यवस्था रहेकामा फाइनल खेल भने एनटिभी प्लसबाट निःशुल्क हेर्न सकिने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij