Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे

‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे


  • 1.0K
    Shares

    ‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
    images

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले शुक्रबार  र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको फिल्ममा दर्शक देखिएपछि हलले सुरुको तुलनामा शो बढाएका हुन् ।

    शुक्रबारको तुलनामा शनिबार चलचित्रले धेरै शो पाएको थियो । ती शो समेत भरिएकोले हलले शनिबार साँझबाटै शो बढाएको निर्माता निर्देशक कपिल रिजालले बताएका छन् ।

    चलचित्रलाई दर्शकले साथ दिएपछि अरुण क्षेत्री, सिम्रन खड्कालगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन् । उनीहरू शनिबार बिहानैदेखि उपत्यकाका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद भनेका हुन् । दर्शकले कलकारसँग सेल्फी र फोट समेत खिचाएका थिए । 

    चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।  

     

    images
    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १०:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij