Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पूर्णबहादुर खड्काको अध्यक्षतामा देउवा समूहको बैठक बस्दै

पूर्णबहादुर खड्काको अध्यक्षतामा देउवा समूहको बैठक बस्दै


  • 1.0K
    Shares

    पूर्णबहादुर खड्काको अध्यक्षतामा देउवा समूहको बैठक बस्दै
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बैठक आज काठमाडौंमा बस्ने भएको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद तथा आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो। 

    समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

    बैठकमा काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। साउन ६ गते आयोजना हुने वीपी स्मृति दिवसको कार्यक्रमको तयारी तथा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ।

    देउवा समूहले पार्टीभित्रको पछिल्लो अवस्था र आगामी राजनीतिक रणनीतिका विषयमा साझा धारणा बनाउन बैठक केन्द्रित हुने जनाएको छ।

     

     

     

     

     

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १४:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij