Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विश्वकै धेरै ट्याटु भएकी महिला: शरीरमा खाली ठाउँ भेटाउनै मुस्किल

विश्वकै धेरै ट्याटु भएकी महिला: शरीरमा खाली ठाउँ भेटाउनै मुस्किल


  • 792
    Shares

    विश्वकै धेरै ट्याटु भएकी महिला: शरीरमा खाली ठाउँ भेटाउनै मुस्किल
    images

    काठमाडौं ।  विश्वकै सबैभन्दा धेरै ट्याटु भएकी एक महिलाको शरीरमा ट्याटु नभएको ठाउँ खोज्नै मुस्किल पर्ने अवस्था छ। ३७ वर्षीया अमेरिकी पूर्वसैनिक एस्पेरान्स लुमिनेस्का फुर्जिना (नेस्का) लाई पहिलो पटक हेर्ने जोकोहीलाई अनौठो वा फरक अनुभव हुन सक्छ। 

    उनले आफ्नो शरीरको ९९ प्रतिशत भागमा ट्याटु बनाएर विश्वकै सबैभन्दा धेरै ट्याटु भएकी महिलाको रूपमा गिनिज विश्व कीर्तिमान कायम गरेकी छन्।नेस्काले ट्याटु मात्र बनाएकी छैनन्, बरु शरीरमा ८९ वटा विभिन्न स्थायी परिवर्तन गरेर अर्को विधामा पनि गिनिज विश्व कीर्तिमान आफ्नो नाममा राखेकी छन्। 

    उनले तालुदेखि पैतालासम्म मात्र नभई गिजा, जिब्रो, आँखाको सेतो भाग र गुप्ताङ्गसम्म पनि ट्याटु बनाएकी छन्। यसका साथै नाक, ओठ र शरीरका विभिन्न भागमा पियर्सिङ र छालामा अन्य स्थायी परिवर्तन गराएकी छन्। २१ वर्षको उमेरदेखि सुरु भएको उनको यो रोचक यात्रा अहिले विश्वभर चर्चाको विषय बनेको छ। 

    नेपाल भ्रमण र अनुभवविश्व चर्चित यिनै कीर्तिमानी महिला सन् २०२५ मा नेपालसमेत आएकी थिइन्। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित १२औँ अन्तर्राष्ट्रिय नेपाल ट्याटु कन्भेन्सनमा उनी विशेष अतिथिका रूपमा सहभागी भएकी थिइन्। २३ देशका २०० भन्दा बढी ट्याटु कलाकारहरू सहभागी उक्त कार्यक्रममा उनले नेपाली ट्याटु कलाकार र कला प्रेमीहरूसँग भेटघाट गर्दै आफ्ना अनुभवहरू बाँडेकी थिइन्। 

    नेपाल भ्रमणका क्रममा नेस्काले नेपाली संस्कृतिप्रति खुसी व्यक्त गर्दै ट्याटुलाई कला, आत्मअभिव्यक्ति र स्वतन्त्रताको उत्कृष्ट माध्यम भएको बताएकी थिइन्।कतिपय मानिसलाई उनको यो रूप अनौठो र डरलाग्दो लाग्न सक्छ। तर नेस्काका लागि भने उनको शरीरमा बनेको प्रत्येक ट्याटु र गरिएको हरेक परिवर्तन जीवनको एउटा महत्त्वपूर्ण अध्याय, संघर्ष र सफलताको अनुपम कथा हो। 

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - ११:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij