२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साउन महिनाको पहिलो कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
१० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij