Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

‘मास्टर्नी’ को प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति, तत्काल हटाउन माग

‘मास्टर्नी’ को प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति, तत्काल हटाउन माग


  • 1.8K
    Shares

    ‘मास्टर्नी’ को प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति, तत्काल हटाउन माग
    images

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले यसको प्रशारण तत्काल रोक लगाउन समेत छ ।

    महासंघको राष्ट्रिय समितिले आज एक विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेबाट प्रदर्शन हुन लागेको ‘मास्टर्नी’ को प्रमोसन गीतमा आपत्ति प्रकट गरेको हो । हालै सार्वजनिक गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर महासंघको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।’

    महासंघले सम्बन्धित पक्षलाई उक्त गीतको प्रसारण तुरुन्त बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ । यदि उक्त गीतलाई निरन्तरता दिएमा र त्यसबाट कुनै असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनी समेत महासंघले दिएको छ ।

    सानोठिमी, भक्तपुरस्थित कार्यालयबाट जारी गरिएको उक्त विज्ञप्तिमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाले हस्ताक्षर गरेका छन् । शिक्षण पेसाको मर्यादा र सम्मानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने महासंघको अडान छ।

    teacher-mahasangh-mastarni.png

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - ११:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij