Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने


  • 1.3K
    Shares

    अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने
    images

     काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।

    केन्द्रीय बैंंकले निर्देशनमार्फत अन्यका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बैंक तथा वित्तीय संस्थालाई २०८१ माघ १ गतेदेखि नै विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

    त्यसैगरी २०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको घोषणा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

    विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।

    यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्नेछ ।

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १५:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij