Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने

बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने


  • 1.1K
    Shares

    बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने
    images

    काठमाडौं । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता हुने भएका छन् । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन पछि बागमती सरकारबाट एमालेका ६ मन्त्री फिर्ता हुने भएका हुन् । 

    एमालेका मन्त्रीहरूले दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक पछि राजीनामा दिने तयारी गरेका छन् । बिहीबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री एवम् एमाले नेता किरण थापा मगरले क्याबिनेटपछि राजीनामा बुझाउने तयारी भएको बताएका छन् ।

    शीर्ष तहमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एमालेका मन्त्रीहरूसँग राजीनामा माग्ने तयारी गरेका छन् ।

    सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापा सहित कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा,  वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेकी छिन् ।  

     

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १३:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij