Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नयाँ नेपाली चलचित्र ‘हवन’ बजारमा आउँदै

नयाँ नेपाली चलचित्र ‘हवन’ बजारमा आउँदै


  • 3.2K
    Shares

    नयाँ नेपाली चलचित्र ‘हवन’ बजारमा आउँदै
    images

    काठमाडौं । डी.एस. इन्टरटेनमेन्ट प्रा.लि. को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘हवन’को छायांकन कार्य सम्पन्न  भएको छ ।  यस चलचित्रमा समाजमा पिछडिएको वर्गको संघर्षलाई मूख्य  विषयवस्तु बनाइएको छ । 

    मानव तस्करी रोक्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफियाको साङ्लो तोड्ने प्रयास चलचित्रमा गरिएको छ  । प्रकाश अभिराजको निर्माणमा बनेको यस चलचित्रको लेखन तथा निर्देशन शिव आचार्यले गरेका हुन् । चलचित्रमा नेपाली तथा भारतीय कालाकार को बेजोड अभिनय रहेको छ ।
     
    लोकप्रिय कलाकारहरू राजेन्द्र खड्की, पुजना प्रधान, प्रकाश अभिराज, रजनी के.सी, शिव आचार्य, पनाह अधिकारी, श्रेया दुलाल, भगवन भण्डारी, काजीमान महर्जन, बिजेन भाटि, द्रोण के.सि, भेषराज जैसी, ओजस्वी आचार्य लगायतका हरुको अभिनय रहेको यस चलचित्रमा अन्य कालाकारहरुले पनि साथ दिएका छन् । रामकृष्ण चौलागाई र शिव पन्तको छायांकन रहेको यस चलचित्रमा शब्द तथा संगीत सुरेन सिर्जन र विरेन्द्र खड्काको रहेको छ भने सिम्रन परियार , तृप्ती खड्का गुरुङ र बिरेन्द्र खड्काले चलचित्रमा स्वर भरेका छन् ।

    यस चलचित्रमा राजु किरातले द्वन्द्व निर्देशन, विवेक थापाका साथै अर्जुन सिलवालले नृत्य निर्देशन गरेका छन् भने शृंगार गोपी हमालको रहेको छ । चलचित्रमा क्रिएटिभ  निर्देशन सुधान्शु पाण्डे तथा मुख्य सहायक निर्देशन सुरेने सिर्जनको रहेको छ ।  
    देशका  रमणीय स्थान  पोखरा, मनाङ, मुस्ताङ, पाल्पा लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको  निर्माण पक्षले जानकारी दिएको छ । छिट्टै आइट्म सङ रिलिज गर्ने तयारी भइरहेको चलचित्रको सम्पादन  ग्लोेबल रिल मोसन पिक्चर्समा भइरहेको छ ।

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १३:२७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij