Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कोशीमा कांग्रेस कार्यदलको बैठक

कोशीमा कांग्रेस कार्यदलको बैठक


  • 1.2K
    Shares

    कोशीमा कांग्रेस कार्यदलको बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले) सँगको सहकार्य तोड्ने निर्णय गरेसँगै कोशी प्रदेशमा राजनीतिक हलचल सुरु भएको छ।

    केन्द्रको रणनीति अनुरूप कोशी प्रदेश सरकारको भविष्य र आगामी कदमबारे निर्णय लिन नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय कार्यदलको बैठक सुरु भएको छ। केन्द्रले एमाले नेतृत्वको सरकारबाट तत्काल बाहिरिन र समर्थन फिर्ता लिन निर्देशन दिएपछि कांग्रेस कार्यदल आकस्मिक बैठकमा जुटेको हो।

    नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायत सहभागी छन् ।

    बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल भइरहेको छ । केन्द्रको निर्देशनपछि बसेको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बलाउन निर्देशन दिने बताइएको छ ।

    प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् । 

    बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता र प्रदेशमा बन्न सक्ने नयाँ राजनीतिक समीकरणका विषयमा सघन छलफल भइरहेको स्रोतले जनाएको छ।

     

     

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १३:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij