२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपाका शीर्ष नेताहरूबीच बिहीबार बिहानैदेखि तीव्र राजनीतिक छलफल भइरहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी यस बैठकलाई प्रदेश सरकारको भविष्य र नयाँ राजनीतिक समीकरणको दृश्टिकोणले निकै महत्त्वका साथ हेरिएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी रणनीति, बजेट पारित गर्ने प्रक्रिया तथा अन्य विविध राजनीतिक विषयहरूमा सघन संवाद भइरहेको छ।
बुधबार मात्रै मुख्यमन्त्री शाहले नेकपाका ४ मन्त्रीहरूलाई अप्रत्याशित रूपमा बर्खास्त गरेपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको हो। एमालेका मन्त्रीहरूलाई हटाए लगत्तै मुख्यमन्त्री शाहले आफ्नो सरकार टिकाउन र नयाँ राजनीतिक समीकरण बनाउन नेकपाका अन्य घटक तथा दलका नेताहरूसँगको संवादलाई तीव्र पारेका हुन्।
आजको छलफल विशेष गरी सरकारको बहुमत सुरक्षित गर्ने र आगामी बजेटलाई कसरी अगाडि बढाउने भन्ने रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij