Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

१८ महिनाका जुम्ल्याहा शिशुको हत्या प्रकरण: २३ वर्षीया आमा जेल चलान

१८ महिनाका जुम्ल्याहा शिशुको हत्या प्रकरण: २३ वर्षीया आमा जेल चलान


  • 1.1K
    Shares

    १८ महिनाका जुम्ल्याहा शिशुको हत्या प्रकरण: २३ वर्षीया आमा जेल चलान
    images

    अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या प्रकरणमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

    ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गरे पनि अनुसन्धानपछि प्रहरीले शिशुको श्वास अवरुद्ध गरी हत्या गरिएको ठहर गरेको हो। प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लु, हेपाटाइटिस ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गरेकी थिइन्। 

    उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत थिइन्। उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए।

    अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ। प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको छ।

    andrea-shaw-mn_dpbrBDETjm.jpg

    मंगलबार भएको अदालतको सुनुवाइमा शाका कानुन व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको जिकिर गरे। तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरताप्रति चिन्ता व्यक्त गर्दै धरौटीको सुविधा नदिई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ।

    अभियोग पुष्टि भए उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्छ।

    सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गरेकी थिइन्। यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहोर्‍याएका छन्।

    उनीहरूले आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक भएको बताएका छन्। खोप र अटिजमबिच सम्बन्ध रहेको दाबी गरेका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १९:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij