Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने


  • 1.4K
    Shares

    कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसले मुलुकका सातवटै प्रदेश सरकारमा नेकपा (एमाले) सँगको राजनीतिक सहकार्य तोड्ने तयारी गरेको छ। 

    प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार र कार्यशैली सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै कांग्रेसले सबै प्रदेशबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयमा पुगेको हो। पार्टी स्रोतका अनुसार पछिल्लो समय दुवै दलका शीर्ष नेताहरूबीच विभिन्न चरणमा निरन्तर छलफल भए पनि शक्ति बाँडफाँट र नीतिगत विषयमा सहमति जुट्न सकेको थिएन। 

    एमालेसँगको सहकार्य फलदायी हुन नसकेपछि कांग्रेस अन्ततः गठबन्धनबाट पछि हट्ने निर्णयमा पुगेको बुझिएको छ। हाम्रा सातवटै प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छिट्टै फिर्ता बोलाउँछौँ,कांग्रेसका एक पदाधिकारीले अनौपचारिक रूपमा जानकारी दिएका छन्।

    यो राजनीतिक तिक्तताको सीधा असर बुधबार दुईवटा प्रदेशमा स्पष्ट रूपमा देखिएको छ। एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्। अर्कोतर्फ, कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरिदिएका छन्।

    सुदूरपश्चिममा बजेटलाई लिएर दुई दलबीच विवाद चुलिएपछि एमाले मन्त्रीहरू बर्खास्तमा परेका हुन्, जसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ।  

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १७:१०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij