Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले दिए यस्तो चेतावनी

कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले दिए यस्तो चेतावनी


  • 5.5K
    Shares

    कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले दिए यस्तो चेतावनी
    images

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासबारे प्रश्न गर्ने कानुन व्यवसायीहरुलाई अदालतको अवहेलनामा मुद्दा चलाएर कारबाही गर्ने चेतावनी दिएका छन् ।

    अन्य न्यायाधीशहरुले पनि यो मुद्दा हेर्न नमिल्ने भन्दै इजलासमा कानुन व्यवसायीले प्रश्न उठाएपछि उनीहरुलाई प्रधानन्यायाधीशले अवहेलनामा कारबाही गर्ने चेतावनी दिएका हुन् । केही कानुन व्यवासायीले अहिले इजलासमा प्रश्न उठाइरहेका छन् ।

    प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । तपाईंहरुको कर्तव्यभित्र पर्छ, तपाईंहरु कानुन व्यवसायी हो ।’ उनले इजलासमाथि बारम्बार प्रश्न उठाउँदा कुनै पनि न्यायाधीशले बस्न नमिल्ने अवस्था आउने बताए ।

    ‘तपाईंहरुलाई अदालतको अवहेलना मुद्दा चलाउनुपर्ने हुन्छ’, राणाले चेतावनी दिँदै भने, ‘निवेदन फिर्ता लिनुहुन्छ कि निवेदन दर्ता गरेर कारबाही अगाडि बढाऊँ ?’

    अधिवक्ता राजाराम घिमिरेले ११ न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएका थिए। सोही निवेदनपछि सरकारी पक्षले आज गठित संवैधानिक इजलासमा प्रश्न उठाइरहेको छ ।

    यसअघि गठन गरेको संवैधानिक इजलासमा संसद विघटनको मुद्दाका विपक्षका वकिलले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले फेरि संवैधानिक इजलास गठन गरेका थिए ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १२:४९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij