२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् । उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए ।
पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । मुख्यमन्त्री यामलाल कँडेल मन्त्रिपरिषद्को बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले बताएको छ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij