Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने

१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने


  • 1.2K
    Shares

    १२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने
    images

    काठमाडौं । नेपालका १६ खेलाडीले थाइल्याण्डमा हुने १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् । 

    थाइल्याण्डको बैंकक शहरमा जुलाई १७ देखि २७ सम्म १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । १६ खेलाडीसहित कुल १९ सदस्यीय टोली बुधवार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रामचरित्र मेहेता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले बिदाइ गरेका थिए । 

    नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी, प्रशिक्षकमा सुमन महर्जन र व्यवस्थापकमा राजु महर्जन छन् । पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् । महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी । घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । कुल १०८ वटा विधामा १६ खेलाडीले  चुनौती प्रस्तुत गर्ने संघका सचिव गंगा गोलेले जानकारी दिएका छन् ।

    टोलीमा रहेका अभिभ प्रधान जापानमा हुने आगामी २० औँ एशियन गेम्सका खेलाडी हुन् । नेपाल पौडी संघकाअनुसार प्रतियोगितामा नेपाली खेलाडीहरूले व्यक्तिगत स्पर्धासँगै रिले इभेन्टमा पनि प्रतिष्पर्धा गर्नेछन् । तीन वटा उमेरसमूह नेपाली खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् । एशियाका उत्कृष्ट जुनियर पौडीबाज सहभागी हुने यस प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास संघले लिएको छ ।

    images
    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १६:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij