Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?

‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?


  • 1.3K
    Shares

    ‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?
    images

    काठमाडौं । यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।

    अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

    यस वर्षको पहिलो तीन महिनामा सबैभन्दा कम कमाउने चलचित्र ‘जाँड’ बनेको छ । सार्वजनिक विवरणअनुसार उक्त चलचित्रले रु एक लाख २६ हजार आम्दानी गरेको छ । राजु शाहले निर्देशन गरेको उक्त चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेललगायतका कलाकारले अभिनय गरेका छन् ।

    त्यसैगरी, गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ७७ लाख छ हजार ५८३ कमाइ गरेको छ । सो चलचित्र जोन योञ्जनको निर्देशनमा तयार भएको हो । चलचित्रमा मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

    यही असार ५ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’ ले घरेलु बजारमा राम्रो कमाइ गर्न सकेन । यस अवधिमा सो चलचित्रले जम्मा रु ३१ लाख ३६ हजार ११२ कमाएको छ । कलाकार जीतु नेपालले निर्माण तथा अभिनय गरेको उक्त चलचित्रमा नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।  

     

    images
    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १६:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij