Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका निहारिका र बिनु प्रहरी नियन्त्रणमा

सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका निहारिका र बिनु प्रहरी नियन्त्रणमा


  • 1.1K
    Shares

    सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका निहारिका र बिनु प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं । सिंहदरबारको दक्षिण गेट अगाडि धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै धर्नामा बसेका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    सिंहदरबारभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई सुरक्षामा खटिएका प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै गेटमै रोकेका थिए। गृह मन्त्रालयमा गएर आफ्ना समस्या र मागहरू राख्न पाउनुपर्ने भन्दै उनीहरू गेट अगाडि नै धर्नामा बसेका थिए।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतका अनुसार आवश्यक समन्वयका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाइएको छ। आफ्ना पुराना माग र न्यायको निरन्तर खोजीमा रहेका निहारिका र बिनुले गृह मन्त्रालयका अधिकारीहरूलाई भेट्न खोजेका थिए।  

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १४:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij