Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी


  • 1.1K
    Shares

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    images

    काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएपछि कर्मचारीको तीन महिनादेखि रोकिएको तलबसहित अन्य भुक्तानी प्रक्रिया सुरु गरिएको छ।

    गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भई कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी सुरु भएको हो।

    अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता तथा नियमित रूपमा गर्नुपर्ने भुक्तानी रोकिएको थियो। कार्यकारी निर्देशकको पदसमेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

    अध्यक्ष नहुँदा औषधिलगायत अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो। अस्पतालको नियमावलीअनुसार मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्न अध्यक्ष र कार्यकारी निर्देशक दुवैको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था छ। खर्च हुने खाताबाट भने कार्यकारी निर्देशक र लेखा प्रमुखको हस्ताक्षरमा भुक्तानी गर्न सकिने प्रावधान रहेको जनाइएको छ।

    अस्पतालमा अध्यक्ष नियुक्त भए पनि पदेन सदस्यबाहेक सञ्चालक समितिका अन्य सदस्य भने अझै रिक्त छन्। अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति तथा भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ।

    कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले कुनै बाधा नरहेको बताए।

    उनका अनुसार अध्यक्ष नियुक्त भएसँगै अस्पतालका नियमित कामकाज सहज बनेका छन्। अस्पतालमा करिब ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्।

     

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १३:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij