Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, कुन बैंकले कति कमाए ? (सूचीसहित)

वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, कुन बैंकले कति कमाए ? (सूचीसहित)


  • 1.6K
    Shares

    वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, कुन बैंकले कति कमाए ? (सूचीसहित)
    images

    काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२\८३ को ११ महिना (साउनदेखि जेठसम्म) मा कुल ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए। गत वर्षको तुलनामा यस वर्ष समीक्षा अवधिमा बैंकहरूको नाफा १९.६२ प्रतिशतले वृद्धि भएको छ।

    तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ।

    नबिल बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको छ।

    यसैगरी ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ।

    कुमारी बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११६८.४५ प्रतिशतले बढेको छ। 

    जेठ मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकको २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड, प्राइम बैंकको २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एनएमबि बैंकको १९.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, नेपाल बैंकको ८ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

    हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ ।

    20-bank-1-Photoroom1.png

    images
    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १३:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij