Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मुख्यमन्त्री शाहले दिए एमालेलाई दुई विकल्प

मुख्यमन्त्री शाहले दिए एमालेलाई दुई विकल्प


  • 995
    Shares

    मुख्यमन्त्री शाहले दिए एमालेलाई दुई विकल्प
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवाद उत्कर्षमा पुगेको छ। 

    सरकारमै सहभागी एमालेका ६ जना प्रदेशसभा सदस्यले बजेटमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिमको राजनीति तरंगित बनेको हो। एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा बहाल रहेकै अवस्थामा आफ्नै सरकारको बजेटविरुद्ध प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले कडा आपत्ति जनाएका छन्।

    ‘सरकारमै बस्ने अनि सरकारको बजेटमाथि संशोधनको प्रस्ताव दर्ता गर्ने ? कि संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ,” मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले मुख्यमन्त्री शाहले एमालेलाई दुई विकल्प दिनुभएको छ ।’

    नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । यस विषयमा थप छलफल हुने बताइएको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १३:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij