Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा


  • 939
    Shares

    साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
    images

    काठमाडौ । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

    नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरे । 

    तोकिएको हटलाइनमा बिमारीका फोन नं प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछ ।

    चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।

    महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।  

    images
    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १२:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij