२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
२०७८ सालमा निर्माण सम्पन्न भएको गेटा विश्वविद्यालयमा २०८० कात्तिक १ गतेदेखि अस्पताल सञ्चालनमा छ। स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी अस्पताल सञ्चालन गरिरहेको थियो। गेटा विश्वविद्यालयमा यस वर्षदेखि नै चिकित्सा शिक्षा पढाउन सुरु गर्ने सरकारी योजना छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij